कोशी ब्यारेज । सुनसरी र सप्तरीको सिमा जोड्ने कोशी ब्यारेजमा आज बिहान अनियंत्रित भई ट्रक दुर्घटना हुँदा २ जना ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रकका सहचालक सुनसरी चतरा बस्ने बिनोद बराइली र झुम्का बस्ने घनश्याम चौधरी रहेका छन । घाइते हुनेमा सुनसरी चक्रघटीका २२ वर्षका मणिराज विश्वकर्मा,मोरङ सुन्दर हरैचाका २५ वर्षका कृष्ण चौधरी,उदयपुर कटारीका २० वर्षका हरि मगर,बिराटनगर १२ हरैचाका २५ वर्षका राजकुमार मण्डल,भैरहवा ५ का २५ वर्षका सन्तोष अधिकारी,मोरङ टंकीसिनवारी २५ वर्षका शुक्रराज लामा र हेटौंडा मकवानपुर वर्ष १७ आयत सिंह प्रजा रहेको सशस्त्र प्रहरी बल भाण्टावारीले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल इनरुवा र बिराटनगरमा उपचार भैरहेको छ । पश्चिम बाट पूर्व तर्फ जेसिबी लोड गरेर आउदै गरेको ट्रक कोशी ब्यारेजको १९-२१ नम्बर ढोकामा अनियंत्रित भई कोशी नदिमा खसेको थियो ।








