इनरुवा असार ९/इनरुवा नगरको पहिचानकालागि दीगो बिकासको अवधारणा विषयक अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।इनरुवाको ऐतिहासिकता र सम्भाव्यता विषयक अन्तर सम्वादमा सहभागिहरुले नगरको विकासका विषयमा सामूहिक प्रतिवद्धता जनाएका छन् ।
हम्रो सञ्जाल नेपाल इनरुवा सुनसरीले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नगर विकास, पहिचान र दीगो विकासको अवधारणालाई मध्यनजर गर्दै सञ्जालले सरोकारवालाहरुको उपस्थितिकाबिच अन्तर सम्वाद कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा नगर प्रमुख जमुना गौतम, समाजवेशी तथा पूर्व मेयरद्धय गोपाल कोइराला र खेमराज पोखरेल, दलिय प्रतिनिधीका तर्फबाट नेकाका केदार भण्डारी, नेकपाका पर्शुराम यादव, प्रहरी प्रमुख राजन अधिकारी लगायतले समग्र नगरको अवस्था, विगत, वर्तमान सहितको सम्भाव्यता र शान्ति सुरक्षाका बिषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा खुल्ला अन्तर सम्वाद समेत गरिएको थियो । नगरवासीले नगरप्रमुख मेहतासँग सिधा कुरा गरेका थिए । नगरपालिकाले सञ्चालन गरिरहेका योजना, कार्यशैली लगायतका पक्ष र विपक्ष सहित सहमति र असहमतिका प्रश्न सहभागिहरुले राखेका थिए ।कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको नगर प्रमुख राजन मेहता सहित उपप्रमुख जमुना पोखरेलले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख मेहताले नगरको विकास र नगरवासीको हकहीतलाई ध्यानमा राखी प्राथमिकताका आधारमा कार्यक्रमहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।नगर विकास लगायतका विषयमा जनताको धारणा बुझ्न र समाधानको बाटो पहिल्याउन खुल्ला अन्तर सम्वाद कार्यक्रमको आयोजना गरिएको हाम्रो सञ्जाल नेपाल इनरुवा सुनसरीका अध्यक्ष सितोष पोखरेलले बताउनु भयो । अन्तर सम्वाद कार्यक्रमले नगरमा सञ्चालित योजनाको पार्दशिता र जवाफदेहीता खोज्ने सन्दर्भमा कोशेढुङगा सावित हुने अध्यक्ष पोखरेलको विश्वास छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia