इनरुवा असार १०/२०७४ सालमा संचालन भएको एसईई परिक्षाको नतिजा सार्वजनिक हुँदा मुलुकभरबाट उत्कृष्ठ २५ मा पर्ने विद्यार्थी मध्ये इनरुवाको एक नीजि विद्यालयका विद्यार्थीले समेत बाजी मारेका छन् ।
इनरुवा ५ बलाहाको नवयुग एकेडेमीबाट एसईई दिएका उज्जवलराज घिमिरे मुलुकभरका उत्कृष्ठ विद्यार्थीको सूचिमा परेका हुन् । उज्जवलले परिक्षामा 4 GPA ग्रेड ल्याएकाले मुलुकका उत्कृष्ट २५ को सूचिमा परेको विद्यालयले जनाएको छ  । विद्यालय सञ्चालक खगेन्द्र पोखरेलले विद्यार्थीले हात पारेको सफलता विद्यालयकालागि गौरभको विषय बनेको बताए ।
नवयुव एकेडेमीले एसईईमा सतप्रतिशत नतिजा हात पारेको छ । एकेडेमीका शंकरबाबु अधिकारीले प्राप्त गरेको ग्रेड सुनसरीकै उत्कृष्ठ रहेको विद्यालयको दावी छ । अधिकारीले 3.95 GPA ल्याएका छन् । ८६ जना विद्यार्थीले परिक्षा दिएकोमा नवयुगका १६ जनाले A+ ल्याउँदा ३३ जना विद्यार्थीले ग्रेड A ल्याएका छन् । अन्य उत्तिर्ण सबैले B+ग्रेडकासाथ एसईई परिक्षा उत्तिर्ण गरेको विद्यालयले जनाएको छ ।

त्यसैगरी इनरुवा इङ्गिलस बोर्डिङ स्कुलबाट परीक्षामा सहभागि ८४ जनामध्ये ए प्लस ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको छ । ३० जना विद्यार्थीले ए ग्रेड ल्याउँदा ३५ जना विद्यार्थी ग्रेड बी ल्याएर उत्तिर्ण भएको संचालक विष्णु कोइरालाले बताए । त्यसैगरी इनरुवाकै जनक स्मृति माविबाट एसइई दिएका ५९ जना विद्यार्थी मध्ये एकजनाले ए प्लस ल्याएका छन् भने ग्रेड ए ल्याउने विद्यार्थी संख्या २४ जना रहेको छ । जनकका २५ जनाले बी प्लस ग्रेड हात पारेका छन् भने ९ जनाले ग्रेड बी ल्याएर परीक्षा उत्तिर्ण भएको विद्यालयका संस्थापक प्रिन्सिपल निरज नेपालले बताए ।

सुनसरीबाट एसईईमा १२ हजार ५ सय ९३ विद्यार्थीले सहभागिता जनाएका थिए । नतिजा प्रकाशन भएको २४ घण्टा बितिसक्दा समेत सुनसरी जिल्लाभरको प्रारम्भिक नतिजा प्राप्त हुन सकेको छैन् । जिल्ला शिक्षा कार्यालयले भोलि अवेरसम्ममा जिल्लागत विवरण प्राप्त हुने जनाएको छ

कति जीपीए आउनेले के पढ्न पाउँछन् ?

एसईईमा कम्तीमा १.६ जीपीएसम्म ल्याउने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । १.६ जीपीए भएपनि विद्यार्थीको नेपाली, अंग्रेजी र सामाजिकमा भने डी प्लस आएकै हुनुपर्छ ।

यस्तै २ जीपीए ल्याउनेले विज्ञान, १.६ ल्याउनेले मानविकी, कानुन, शिक्षा र व्यवस्थापन समूह अध्ययन गर्न पाउँछन् । तर निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ ।
विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ । व्यवस्थापन समूहका विषय अध्ययन गर्न १.६ जीपीए र विषय ग्रेडमा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
मानविकी समूह अध्ययन गर्न पनि १.६ जीपीए अनिवार्य छ । तीन सय पूर्णाङ्कको विषय छनोट गर्दा एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस आएको हुनुपर्छ । अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १.६ ल्याउनुपर्ने हुन्छ । अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । विज्ञान र गणितमा ई ल्याए पनि अध्ययन गर्न पाइन्छ ।
शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना हुन पाउँछन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia