लौकही । सुनसरीको कोशी गाउँपालीकामा आयोजित लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न भएको छ । कोशी गाउँपालीकाको सहयोग तथा सामाजिक जीवन केन्द्र नेपालको आयोजना सो ७ दिने लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न हो ।
कोशी गाउँपालीका क्षेत्रका युवा युवती हरुलाई लक्षित गरी आयोजित उक्त समापन कार्यक्रममा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने उपाध्यक्ष अनितादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत अशोककुमार साह,सहितको उपस्तिथि थियो ।
समापन कार्यक्रम धर्मेन्द्र विश्वासको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले निति निर्माण तहमा गाउँपालीका क्षेत्रका युवालाई पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष अन्सारीले यस्ता कार्यक्रमले ग्रामिण भेगका युवायुवती हरुलाई निति निर्माण तह सम्म पुर्याउने सहयोग पुग्ने भएको हुँदा गाउँपालीकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
साथै अन्सारीले तालिम बाट सिकेको कुराहरु लाई स्मरण गर्दै कडा मेहनत गरेर लोकसेवामा नाम निकाल्न सहभागीहरुलाई अग्रिम शुभकामना समेत दिए । उक्त एक हप्तै लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशालामा सुविद गुरागाई सहितका प्रशिक्षकहरुले ४० जना सहभागीहरु लाई प्रशिक्षण दिएका थिए । सहभागी सबै प्रशिक्षार्थीहरु लाई लोकसेवा परिक्षामा उतिर्ण हुन सहयोग पुग्ने आशाले दुई दुईवटा किताब समेत वितरण गरिएको थियो ।










