इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा स्थानीय सरोकारवालाहरुसंग मानव अधिकारको अवस्था र विश्लेषण विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सद्वारा आयोजित सो अभिमुखिकरण कार्यक्रम भएको हो । जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा आयोजित सो कार्यक्रममा सहभागीहरुले मानव अधिकारको वर्तमान अवस्थाको बारेमा आ आफ्नो अनुभव तथा धारण प्रस्तुत गरेका थिए ।
सोही क्रममा आफ्नो भनाइ राख्दै मानव अधिकार सुनसरीका संयोजक रमेश भट्टराईले विचौलियाहरुको कारण पीडितले न्याय पाउन नसकेको उदाहरण प्रस्तुत गरेका थिए । भट्टराईले पीडित लाई न्याय दिलाउन र सर्वसाधारणमा चेतनकोस्तर वृद्धि गर्न गाउँ टोलमा गएर कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रम सुनसरी जिल्ला तराई मानव अधिकार रक्षक संजालका अधिकृत सन्दीप कर्णको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रम बोल्दै जिल्ला तराई मानव अधिकार रक्षक संजाल सुनसरीका अधिकृत सन्दीप कर्णले सबैको साथ र सहयोगले विभिन्न किसिमको हिंसा अन्त्य गर्न सकिने भएकोले सहकार्य गरेर अधिकारकर्मीले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अधिवक्ता परिचय अधिकारी,शिवेन्द्र कर्ण,सहजादिन प्रवीण,डाक्टर तुसार झा ,राम कोइराला,महेन्द्र महतो,लगायतको उपस्तिथि थियो ।









