- मुस्ताक आलम

लौकही । सुनसरीको कोशी गाउँपालिका ५ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ को बजेट सार्वजनिक गरेको छ। सो सार्वजनिक कार्यक्रमका अध्यक्ष कोशी गाउँपालिका ५ नं वडा अध्यक्ष साहजमाल प्रमुख अतिथि ने. का. पा. का जिल्ला सदस्य अजय कुशियेत बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सुनसरीका सदस्य नौशाद आलम सिमा सुरक्षा वल श्रीपुरका प्रहरी निरीक्षक शंकार थापा अतिथिहरुमा कोशी गाउँपालिकाका वडा सदस्यहरु उपस्थिति रहेकोे थियो भने सो सार्वजनिक सुनवाई कार्यक्रम मार्फत वडा भित्रका सरोरकारवाला सहित अन्य आम सर्वसाधारण स्थानियवासीन्दाहरुलाई कोशी गाउँपालिका ५ नं वडा कार्यालयले १ वर्ष को अवधीमा गरेका काम कार्वाहीका बारेमा जानकारी गराइएको थियो ।

सुशासन, पारदर्शीता र जवाफदेहीताका लागि भन्दै वडा कार्यालयको परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागिहरुले सल्लाह सुझावका साथै वडा कार्यालयले १ वर्षको अवधीमा गरेका काम कार्वाहीका बारेमा जवाफ समेत मागेका थिए । सहभागीहरुले बिशेष गरेर निर्माण योजनाका बारेमा बुझ्न खोजेका थिए । सहभागिहरुले मागेको जवाफ वडा अध्यक्ष सहित अन्य सरोकारवाला सरकारी निकायले स्पष्ट पारेका थिए ।

सार्वजनिक सुनवाई कार्यक्रमबाट गाउँपालिकाका सरोकारवाला निकायमा जवाफदेहीता बढ्नुका साथै पारदर्शीता भएको विस्वास दिएका थिए । सथै आगामी आर्थिक वर्ष २०७५/०७६ को कुल बजेट ५० लाख रहेको छ । आर्थिक विकास तर्फ १० प्रतिशत सामाजिक विकास २० प्रतिशत पुर्वाधार विकास तर्फ ६० प्रतिशत वन वातावरण तथा विपद व्यवस्थापन ५ प्रतिशत सुशासन तथा संस्थागत विकासमा रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia