इनरुवा असार ३०/लामो समययता पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आएका इनरुवाका पत्रकार राजन निरौला सम्मानित भएका छन् ।
निरौलाले डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार हात पारेका हुन् । योद्धा पत्रकार थापाको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार हात पारेका निरौलालाई प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति सुनसरीले औपचारिक कार्यक्रमकाबिच सम्मान गरेको हो ।

निरौलाले सम्मानपत्र सहित नगद १० हजार पुरस्कार रासी समेत हात पारेका छन् । पत्रकारिता क्षेत्रमा लामो सयमयता आवद्ध रहँदै आएका निरौलाको कार्यमूल्याङकन र मेहनतको कदर स्वरुप पुरस्कार प्रदान गरिएको प्रेस चौतारी नेपाल सुनसरीले जनाएको छ ।प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्कीले निरौलाई सम्मान गरेका थिए । कार्यक्रममा चौतारीले निरौला सहित विभिन्न विधामा उत्कृष्ठ ठहर गरिएकाहरुलाई सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia