पौष १। विज्ञानको चमत्कारको ताजा नमूना हालै अस्ट्रेलियामा प्रकट भएको छ । एलेक्स पावेलले जिवनमा बच्चाको बाउ बन्ने सपना २३ वर्षअघि नै त्यागिसकेका थिए, जतिबेला उनी केवल १५ वर्षका मात्र थिए । यसको कारण हो, डाक्टरहरुले उनको सरीरमा क्यान्सर रहेको बताएका थिए । यदि बाँच्न मन छ भने केमोथेरापी गर्नुपर्ने र केमोथेरापीका कारण नपुंशकता हुनसक्ने चेतावनी पनि डाक्टरहरुले दिएका थिए । निकै कठीन परिस्थिति उनको सामुन्ने आयो । जिवनमा बाँच्नु नै पहिलो प्राथमिकता हो । तर बाँचिसकेपछि मर्दले दुनियामा आफ्नो उत्तराधिकारी सिर्जना गर्ने चाहना हुनु पनि स्वभाविकै हो । अर्थात्, बच्चाको पिता बन्ने सपना पाल्नु अस्वभाविक थिएन । त्यहीँबेला पावेललाई उनकी सानिमाले एउटा गज्जबको जुक्ति दिइन् । केमोथेरापी गर्नुअघि आफ्नो शुक्रकिटलाई शुक्रकिट बैंकमा गएर जम्मा गरेर राखेमा भविष्यमा बच्चा जन्माउन सकिने सल्लाह उनको थियो । सानिमाले नै भने अनुसार उनले गरे । उनको केमोथेरापी पनि भयो र पुरुषत्व गुम्यो । एलेक्सले ढिलो गरी विवाह पनि गरे, भि पावेल सँग । दम्पतीमा सन्तान लाभको इच्छा पलायो । अन्ततः पावेलको सुरक्षित राखिएको शुक्रकिट र उनकी श्रीमतीको डिम्बलाई टेष्टट्युब प्रविधिबाट गर्भाधान गराइयो । गर्भाधान सफल भयो । पावेलकी श्रीमतीको पाठेघरमा भ्रुण राम्रोसँग हुर्कियो र गत जुन १६ गते यो दम्पतीले पुत्रलाभ गरे । छोरा पाएसँगै पावेलको पूरै परिवारको नाम गिनिज बुकमा लेखिएको छ । स्पर्म ब्यांकमा राखिएको २३ वर्ष पूरानो शुक्रकिटबाट गर्भाधान भएको यो विश्वमै पहिलो घटना भएको बताइन्छ । सामान्यतया यस्तो संग्रहित शुक्रकिटबाट १० वर्षसम्म मात्र गर्भाधान सम्भव हुन्छ । चिकित्सा विज्ञानलाई नै चुनौति दिँदै यो दुनियामा पदार्पण गरेका पावेलका छोरा जाभिएर पावेलले विश्व किर्तिमान सहित पृथ्वीमा दमदार इन्ट्री गरेका छन्, होइन त ?
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड–२०२४’ को उपाधि
एजेन्सी । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको ...
यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…
एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फे...
नवजात शिशुलाई १५ तला माथिबाट फ्याँक्ने दम्पतीलाई मृत्युदण्ड दिइयो
एजेन्सी । चीनको चोङकिङस्थित एउटा अपार्टमेन्टको १५ औं तलाबाट दुई नवजात शिशुलाई फ्याँकेको अभियोगमा दम्पतीलाई मृत्युदण्डको ...
अमेरिकाको अलाबामामा दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी
एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले...
समलिङ्गी जोडीले स्पेनिसमा जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
एजेन्सी। स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म ...
यी हुन् संसारकै सबैभन्दा बढी जमिन भएका व्यक्ति, कति छ घर-जग्गा ?
एजेन्सी । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आव...









