इनरुवा/साउन १ गते उपचारका क्रममा निधन भएका धरान उपहानगरपालिकाका नगर प्रमुख तारा सुब्बाको शोकमा भोलि आइतवार इनरुवा नगरपालिका बन्द हुने भएको छ ।
इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताद्धारा जारी शोक वकतब्यमा आइतवार नगरपालिका सहित नगरका सबै वडाको कामकाज बन्द हुने उल्लेख छ ।
साथै शोक विज्ञप्तीमा धरान उपमहानगरपालिकाका मेयर प्रति श्रद्धाञ्जली व्यक्त गर्नुकासाथै परिवारजन र धरानवासीप्रति समवेदना प्रकट गरिएको छ ।









