अन्तराष्ट्रिय जवाफदेहिता संयन्त्र विषयक २ दिने कार्याशाला प्लान ईटरनेष्नल नेपालको सहयोग,ओरेक नेपालको सहकार्य र दुहवी नगरपालिका तथा कोशी गाउँपालिकाको संयूक्त आयोजनामा सम्पन्न भएको छ।

साउन ९ र १० गते सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय स्तरबाट नै मानव अधिकारको प्रबद्र्धनका लागि अन्तराष्ट्रिय संयन्त्र र राज्यको जवाफदेहिता विषयमा सरकारी निकायको प्रतिनीधीहरुको अवधारणागत स्पष्टतामा सहजीकरण गर्ने उद्धेश्यले दुहवी नगरपालिका र कोशी गाउपालिका को वडा अध्यक्षहरु,न्यायीक समिती पदाधिकारीहरु तथा जनप्रतिनीधि, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा कार्यशाला सम्पन गरीएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता कोशी गाउपालिकाका उप प्रमुख अनिता यादवले गर्नु भएको थियो भने कोशाी गाउपलिकाका अध्यक्ष अयुव अंसारीको प्रमुख अतिथ्यता र दुहवी नगरपालिकाको उप प्रमुख सुनिता यादव शाहको विशिष्ट आतिथ्यतामा सम्पन्न गरीएको थियो । ३२ जनासहभागीहरुको सहभागिता रहेको कार्यशालामा महेन्द्र महतोले सहजीकरण गर्नु भएको थियो ।

मानव अधिकारको आधारभुत अवधारणा,सिद्धान्त,विषेशताहरु,मानव अधिकारमुखि दृष्टिकोण, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन महासन्धि,आर्थिक, सामाजिक तथा सांस्कृति अधिकार सम्बन्धी महासन्धि र सामाजिक रुपान्तरणको आधार दिगो विकासका लक्ष्यहरु लगायतका विषयमा २ दिने कार्यशालमा केन्द्रीत रहेको थियो ।

ओरेक नेपालको जिल्ला संयोजक शान्ती दनुवारले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि अन्तर्गतको नेपालको चौथो र पाँचौ संयुक्त आवधिक प्रतिवेदनमाथि महिला विरुद्ध भेदभाव उन्मूलन समतिले दिएको निष्कर्ष सुझाव लाई स्थानिय सरकारले कार्यन्वयन गरे दिगोविकाशको लक्ष्य पुरा हुन सक्ने भएकोले सो अनुसार कार्य गर्न अनुरोध गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia