
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार जिल्ला शान्ति समिति संजाल सुनसरीको बैठक सम्पन्न भएको छ । समपन्न बैठक यूनाइटेड मिसन टु नेपालीको सहयोग तथा चन्द्रमुखि क्लब चिमडीको आयोजनामा बैठक सम्पन्न भएको हो ।
सम्पन्न बैठक चन्द्रमुखी क्लब चिमडीका अध्यक्ष उमेश मेहताले जानकारी दिए । अध्यक्ष मेहताले दिएको जानकारी अनुसार सिमावर्ती क्षेत्रमा बढ्दै गइरहेको चोरीपैठारीलाई न्यूनीकरण गर्नेका लागि आज शुक्रबार जिल्ला शान्ति समिति संजालको बैठक राखिएको बताए ।
यता जिल्ला शान्ति समिति संजाल सुनसरीले नेपाल भारतको सिमावर्ती क्षेत्रमा रहेको नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरु सँग सहकार्य गरेर चोरीपैठारी न्यूनीकरण गर्ने बताए ।
त्यस्तै सिमावर्ती क्षेत्रमा रहेको गाउँपालिकाका वडाहरूमा दैनिकी भइरहेको चोरी न्यूनीकरण गर्नेका लागि भारतीय सिमा सुरक्षा बल (एस एस बि) तथा नेपाल प्रहरी र शसस्त्र प्रहरी बल (बि ओ पि) सँग सहकार्य गरेर सिमा क्षेत्रमा प्रहरी बिट राख्न पहल गर्ने र प्रहरी बिट राख्न नमाने प्रदेश सरकार सँग पहल समेत गर्ने सि एम सि चिमडीका अध्यक्ष मेहताले बताए ।








