इनरुवा /इनरुवा हार्डवेयर व्यसायी संघ सुनसरीले पत्रकार शशी कोइरालालाई सम्मान गरेको छ ।
इनरुवामा रहेर पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै वर्णमाला दैनिकका सम्पादक रहनु भएका शशी कोइरालालाई सम्मान गरिएको हो ।

त्यसैगरी कार्यक्रममा इनरुवाका पुराना व्यवसायी तथा हालका उद्योगपति भमरलाल राठीलाई समेत सम्मान गरिएको छ ।पहलबहादुर कटवालको अध्यक्षतामा समपन्न प्रथम साधारण सभाले नगरभित्र रहेका हार्डवेयर व्यवसायीहरुको हक हीत सहित व्यवसायको सुरक्षा जस्ता विषयको उठान गरेको छ ।

नयाँ नयन हुने १३ सदस्यीय कार्यसमिति सर्वसम्मत हुने अनुमान गरिएकाले सिङ्गो समिति व्यवसाय र व्यवसायीको हीतमा केन्द्रित हुने जनाइएको छ ।कार्यक्रममा उद्योग वाणिञ्य संघ प्रदेश नम्वर एकका सदस्य कैलाश पञ्चारिया सहित एक नम्वर प्रदेशका हार्डवेयर व्यवसायी संघका सदस्य भोला निरौला लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा सम्बोधन गर्दै पञ्चारियाले व्यवसायीको हक र हीतका सवालमा स्थानीय तह हुँदै केन्द्र सम्म पहल गर्न आफु पछि नहट्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia