सुनसरी जिल्लाको बर्जु गाउँपालिका-२ स्थित राय टोलमा साउन २९ गते मंगलबार अरिङगालले चिलेर २ वर्षीय बालकको मृत्यु भएको छ ।स्थानीय जितेन्द्र रायको छोरा रिसभ रायलाई घर नजिकै खेल्ने क्रममा अरिङगालले चिल्दा गम्भीर भएका थिए ।
बालकलाई उपचारका लागि बिराटनगर स्थित विराट टिचिङ अस्पताल ल्याइएकोमा सोही बेलुकी उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सितागञ्जले जनाएको छ ।








