विराटनगर। १८ महिना अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा शुरु भएको विराटनगर १४ मा अवस्थि बायोग्यस प्लान्टको उदघाटन आज प्रधानमन्त्री केपी शार्मा ओलीले गरेका छन ।
विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको गोबर ग्यास चुल्होमा आगो बालेर प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन । कार्यक्रमलाई संम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकासको दिसामा अगाडि बढेको बताए ।
वैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रको सहयोगमा ८४ लाखमा ग्यास उत्पादन गरेको हो । उक्त ग्यास पहिलो चरणमा स्थानीयका ३२ घरमा जडान गरिएको छ । उद्घाटन कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पंडीत थिए । उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री ओलीको सपना सकारभएको बताए । प्रदेश न १ का प्रमुख प्रडा गोविन्द बहादुर तुम्हाङ, मुख्यमन्त्री शेरधन राई लगायतको सहभागिता थियो ।









