इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा नेपाल र भारतका महिला जन प्रतिनिधिहरुको अन्तर क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सारथी नेपालको आयोजनामा अन्तर देशीय बिपद व्यवस्थापन समुह संग सदरमुकाम इनरुवामा अन्तर क्रियात्मक कार्यक्रम सम्पन्न भएका हो । कार्यक्रममा जिल्ला विभिन्न सरोकारवाला समुहसंग परिचित गरादै र भबिष्यमा यो समितिसंग मिलेर कसरी कार्य गर्न सकिन्छ लगायतका बिषयमा छलफल गरेको थियो ।
कार्यक्रममा मानव अधिकार आयोगका संरक्षक संतोष आचार्यले कर्जा र दर्जा दिएर नभइ उर्जा दिएर बिपद जोखिमलाई न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले पत्रकारहरुले कोशी पीडितको पक्षमा उल्लेख्नीय समाचार लेखेको तर राज्यले कुनै सुनुवाइ नगरेको बताउनुहुदै जन प्रतिनिधिहरुको माध्यामबाट हुने कार्यको अफुहरुले सहयोग र समर्थन गर्ने बताउनुभयो । कार्यक्रममा आयोजक संस्थाका कार्यकारी निर्देशक ताराबहादुर भण्डारीले कार्यक्रमको औचित्यको बिषयमा जानकारी दिनुहुदै नेपाल र भारतका नागरिक स्तरमा समान धारणा बनाएर दुबै देशको सरकार तहमा आवाज पु¥याउनका लागि आफुहरुले पहल गरिरहेको बताउनुभयो ।
उहाँ कोसीबाट आएको समस्या समाधान गर्नका लागि बिहारको सुपोल र सहर्षा तथा नेपालको सुनसरी र सप्तरीको महिला जन प्रतिनिधिहरुले मिलेर अन्तरदेशीय बिपद ब्यवस्थापन समिति गठन गरिएको र त्यो समितिले कोशी पिडित महिलाहरुलाई बिपद पूर्व तयारी क्षमता बिकासको साथै नीति निर्माताहरुलाई सचेत गराउने काम गर्ने बताउनुभयो । यस क्षेत्रमा महिलाको क्षेत्रमा आवस्यक्ता पहिचान, महिला जनप्रतिनिधिहरुलाई क्षमता अभिबृद्धि तालिम र गाउँ गाउँमा सचेतना कार्यक्रमहरु संचालन गर्दै आएको छ समेत बताउनुभयो । कार्यक्रममा नेपाल आर्मीका मेयर देबी प्रसाद भुषाल, जिल्ला समन्वय समितिका अच्यूत भन्डारी, कोशी बिकास समाज सप्तरी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनीधिहरुको सहभागीता रहेको थियो । कार्यक्रम अन्तर देशीय बिपद व्यवस्थापन समुह नेपालका संयोजक पार्वती मुखियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।








