इनरुवा । सुनसरीको दुहबीमा सिल नतोडिएको पेप्सीको बोतलमा अखाद्य वस्तु भेटिएको छ । २.२५ लिटरको बोतल भित्र काठको टुक्रा जस्तो देखिने वस्तु भेटिएको दुहबीका देबराज ओझाले जानकारी दिए । स्थानिय अमर कोल्ड सेन्टरमा खरिद गरेको पेप्सी भित्र काठको टुक्रा जस्तो देखिने बष्तु भेटेपछि इलाका प्रहरी कार्यालय दुहबीलाई बुझाएका थिए । चिसो पेय पदार्थ जस्तो वस्तुमा अखाद्य कुरा भेटिनुले संम्बन्धित कम्पनीको गम्भीर लापरबाही भएको ओझाले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia