कोशी गाउँपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गमा बिहिबार भएको १५ प ३५३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक  भोक्राहा गाउँपालिका-३ बस्ने महेश उराव घाइते भएका छन् । १३ वर्षिय घाइते उरावलाई मोटरसाइकल चालक भोक्राहा गाउँपालिका-३ बस्ने मनोज कुमार रामले उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याएका छन् भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय लौकहीमा राखिएको छ ।

यसैगरी हरिनगर गाउँपालिका-१ स्थित हुनमान मन्दिर चौकमा को  १८ प ९५३६ नम्बरको मोटरसाइकलको ठक्करबाट हरिनगर गाउँपालिका बस्ने वर्ष ६० को कम्लेश्‍वर मण्डल घाइते भएका छन् । घाइते मण्डललाई मोटरसाइकल चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका-२ बस्ने वर्ष ३७ को अनवर अन्सारीले उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याएका  छन् भने मोटरसाइकल प्रहरी चौकी भुटाहामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia