- जयकृष्ण यादव

इनरुवा, भदौं ८ । सुनसरी जिल्लाको गढी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको अयोजनामा शुक्रबारबाट मानव अधिकार तालिम सुरु भएको छ । स्थानीय मानव अधिकार निगरानी समूहका सदस्य तथा निर्वाचित प्रतिनिधिहरुका लागि आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

इन्सेकले जिल्लाको गढी गाउँपालिका २ औरावनी र इनरुवा नगरपालिका ७ चान्दबेलाका ४० जनाको सहभागितामा दुई दिने तालिम सुरु गरेको हो । यहाँका सरोकारबालाहरुलाई इन्सेकको कार्यक्षेत्र, शिक्षा, स्वास्थ्य र खाध्य अधिकारको बारेमा प्रशिक्षण दिईरहेको कार्यक्रम संयोजक बागमती कट्टेलले जानकारी दिनुभयो ।  कार्यक्रममा अधिकारकर्मी कोषराज न्यौपाने, अधिवक्ता जगत थापा, इन्सेकका प्रदेश प्रमुख सोमराज थापा, कार्यक्रम संयोजक बागमती कट्टेल, बुद्धदेव यादव लगायतकाले प्रशिक्षण दिईरहेका छन् ।

तालिममा मानव अधिकार निगरानी समूह औरावनी र चन्दबेला का सदस्य तथा निर्वाचित प्रतिनिधिहरुलाई आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।  कार्यक्रमको उद्घाटन सत्रमा इनरुवा ७ का वडा अध्यक्ष किशोरकुमार सिंह , गढी २ का वडा अध्यक्ष अरुण कुमार चौधरी, संस्थाका कमलकिशोर शर्मा , इन्सेक जिल्ला प्रतिनिध जयकृष्ण यादव लगायतकाले बोलेका थिए ।
मानव अधिकारको सवाल , गाउँपालिका र नगरपालिकामा देखिएको खाध्य, शिक्षा र स्वास्थ्य अधिकारको अवस्था , समस्या र समाधानका उपायहरु, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार र त्यसमा निगरानी समूहको भूमिका लगायतका विषयमा प्रशिक्षण दिईरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia