इनरुवा/श्री कृष्ण जन्माष्टमीका दिन आयोजना गरिने रथ यात्राकालागि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले नगद ५० हजार सहयोग गर्नु भएको छ ।रथ यात्रा मनाउने सम्बन्धमा आयोजित छलफल कार्यक्रमकाबीच नगर प्रमुख मेहताले नगद ५० हजार १ सय ५१ रुपैंया सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

नगर प्रमुख मेहताले धर्म संस्कृतिको जर्गेना र सम्वद्धनकालागि सहयोग उपलब्ध गराएको बताउनुभयो ।मन्दिर समितिले सहयोगको आग्रह गरेकोमा नगरपालिकाको शिर्षकबाट सहयोग उपलब्ध गराउन नसकेपनि आफ्नो व्यक्तिगत तर्फबाटै भएपनि ५० हजार रकम सहयोग गरेको मेहताले बताउनुभयो ।


त्यसैगरी रथ यात्राकालागि वडा नम्वरका निर्वाचित जनप्रतिनिधीहरुले समेत ३० हजार रकम सहयोग गर्ने जनाएका छन् । वडाध्यक्ष कालुराम गुरुङले रकम जुटाएर हस्तान्तरण गरिने बताउनुभयो ।इनरुवा ३ महेन्द्रचौकमा रहेको राधा कृष्ण मन्दिर समितिले गएको केहीवर्षयता श्री कृष्ण जन्माष्टमीको अवसरमा रथ यात्रा गर्दै आएको छ ।

विगतका वर्षहरुमा मन्दिर व्यवस्थापन समिति र रथ यात्रा मूल आयोजक समितिले आर्थिक अभावका कारण रथ यात्राकालागि कठिनाईको सामना गर्दै आउनु परेको थियो ।दाताहरुको साथ र सहयोग जुट्न थालेकाले यस पटकको रथयात्रा भब्य बनाउन लागिपरेको राधा कृष्ण मन्दिर समिति इनरुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia