इनरुवा भदौ ९/बजारमा थुप्रिदो फोहोर, दुर्गन्ध र व्यवस्थापन जस्ता समस्यासँग जुध्दै आएको इनरुवा नगरपालिकाले डम्पिङ साइड निर्माणको पहल थाल्ने भएको छ ।स्थानीय तहमा समस्या थोपरिंदै जाँदा दीर्घगामी सोचका साथ फोहोरमैला ब्यवस्थापनको ठोस रणनीति बनाउन लागिपरेको इनरुवा नगरपालिकाले धनकुटेली शैली अपनाउने निर्णय गरेको छ ।

धनकुटाको सल्लेरी वनमा रहेको डम्पिङ साइड मुलुककै नमूना फोहोर व्यवस्थापन केन्द्र बनेसँगै सोको सिको गर्न पुगेको कार्यपालिका सदस्य सहित इनरुवा नगरपालिकाको टोलीले स्थानीय तहमा समेत डम्पिङ साइड निर्माणको कार्य अघि बढाउने तर्फ पहलकदमी अघि बढाएको छ ।मुलुककै सफा शहर मध्येको धनकुटा फोहोर मैला व्यवस्थापनमा समेत अब्बल ठहरिएकाले धनकुटेली शैली अपनाउँदै नगर स्तरीय ठोस योजना निर्माण गरि अघि बढ्ने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनुभयो ।


इनरुवा नगरपालिकाले बजार क्षेत्रबाट मात्रै दैनिक ५ ट्याक्टर बढी फोहोर संलकन गर्ने गरेको छ । संकलित फोहोर व्यवस्थापनकालागि डम्पिङ साइड नहुँदा सुनसरी खोलामा फोहोर मिल्काउने गरिँदै आइएको छ ।कार्यपालिका सहित नगरपालिकाका सरोकारवालाहरुलाई डम्पिङ साइड बारे जानकारी गराइएकाले नगर भित्र छिट्टै व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेलले विश्वास व्यक्त गर्नु भयो ।बिकास निर्माणमा जनप्रतिनिधीको भूमिका अहम हुने भएकाले नगर भित्रको प्राथमिकताको विषयका रुपमा रहेको फाहोर व्यवस्थापनको समस्या बेलैमा हल हुने पोखरेलको भनाई छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia