- मिकाइल आलम

इनरुवा । सुनसरीको लौकही बाट सशस्त्र प्रहरीले अढाई लाख बढीको कपडा बरामद गरेको छ । बिओपी लौकही बाट सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङ नेतृत्वको टोलिले भारतबाट तस्करी गरी मोटरसाइकलमा ल्याउदै गरेको २ लाख १२ हजार बराबरको लत्ताकपडा र १ सय केजी केराउ सहित HR 01 3878 नम्बरको मोटरसाइकल नियन्त्रण लिई सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।

शनिबार बिहानै भारतीय बजारबाट तस्करी गरी ल्याएको २ लाख ५७ हजार बराबर लत्ताकपडा र केराउ गस्तीमा खटिएको टोलिले नियन्त्रणमा लिएको बिओपी लौकहीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङले बताएका छन् । यस्तै भारतीय बजार बाट अवैध रूपमा ल्याउदै गरेको ८० हजार बराबर कपडा र रजनीगन्धा बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरी टोलिले नियन्त्रणमा लिएको बिओपी श्रीपुरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक निरन थापाले बताएका छन् ।सिमा क्षेत्रमा हुँदै आएको तस्करी नियन्त्रणमा लिन पछिल्लो केही समययता सुनसरीको हरिपुर,श्रीपुर,लौकही क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएसंगै तस्करीको समान धमाधम नियन्त्रणमा आउन थालेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia