इनरुवा। नर्सिङ-भोक्राहा गाउँपालिका-६ स्थित पूर्व पश्चिम राजमार्गमा मंगलबार दिउसो कारको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ३ प ७१२४ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको मे १ च ५७८७ नम्बरको कारले ठक्कर दिदा मोटरसाइकल चालक नर्सिङ-भोक्राहा गाउँपालिका-६ बस्ने वर्ष २९ को मियाज अन्सारी र मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने वर्ष २८ को अफ्रोज अन्सारी घाइते भएका छन् । घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी लगिएको छ भने दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia