इनरुवा । आफ्नी छोरीलाई प्रेमको बहानामा बन्धक बनाएको हरिनगर गाउँपालीका वार्ड नम्बर २ का पर्शुराम मण्डलले दाबी गरेका छन् । मण्डल परिवारले १९ वर्षकी बबिता मण्डल लाई हरिनगर गाउँपालीका वार्ड नम्बर १ का हजरत साफीको परिवारले बन्धक बनाएको दाबी गरेका हुन ।
१० कक्षा पढ्दापढ्दै आफ्नी छोरीलाई प्रेमको नाटक गरेर साफी परिवारले जबर्जस्ति अन्तरजातीय बिबाह गराएर केटीका बाबु पर्शुराम मण्डलले गुनासो गरेका छन् स्कुल पढ्दापढ्दै हजरतले आफ्नी छोरीलाई विभिन्न प्रलोभन र डर धम्की देखाएर गरेको अन्तरजातीय बिबाह आफूलाई स्वीकार नभएको उनको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा छोरीलाई खोजी दिन निवेदन दिएपनि प्रहरीले चासो नलिएको गुनासो गरे ।
छोरी बबिता सोझो स्वभावकी भएको भन्दै बाबु पर्शुराम मण्डलले हजरत साफीले प्रेमजालमा फसाएर छोरीलाई बन्धक बनाएकोले खोजी कार्यलाई तीव्रता दिन प्रहरी प्रशासनसंग आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा दिएको मुद्दामा पर्शुराम मण्डलले आफ्नी छोरी बबिता लाई हजरत साफी सहितका माथि अपहरण तथा शरीर बन्धक गरेको भनी उल्लेख गरेको छ ।
छोरीलाई बन्धक बनाएर हजरत साफीका परिवारले आफ्नो पक्षमा बोल्न लगाएको दाबी गरेका छन् । बबिता लाई डर त्रास दिएर उनीहरूले आफूखुसी प्रेम बिबाह गरेको भनी भन्न लगाएको बबिताका बाबु पर्शुरामले बताएका छन् । घरमा सन्तान नहुदाको पीडा एक बाबु लाई मात्र थाहा हुन्छ,आज महिना देखि मेरी छोरी सम्पर्क बिहिन छिन् मेरो अवस्था के होला ? अनुमान गर्नुस् उनले भने ।
छिटोभन्दा छिटो छोरी खोजीदिन उनले सबैलाई आग्रह गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बबिता मण्डलका काका तारानन्द मण्डलले छोरी खोजीदिन आग्रह गर्दा अपराधीहरुबाट धाकधम्की आईरहेकोले शान्त वातावरणमा बस्ने व्यवस्था मिलाईदिन आग्रह गरेका छन् । साथै हरिनगर क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरु लाई सबै मिलेर बस्ने वातावरण सृजना गर्न माग गरेका छन् । यता केहि दिनअघि संचारकर्मीहरु संग कुरा गर्दै बबिताले आफूले आफूखुसी प्रेम बिबाह गरेको बताएकी थिइन् ।









