- जयकृष्ण यादव 

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका क्षेत्रमा काम गर्दै आएको समग्र विकास सेवा केन्द्र सुनसरीको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम भोक्राहा ३ को शिवमुनी आधारभुत विद्यालयमा जय माँ काली सामाजिक परिवारका सचिव सीतादेवी मेहताको अध्यक्षतामा सम्पन्न भएको केन्द्रका कार्यक्रम संयोजक अन्नतराम गिरीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा सहभागि सरोकारबालाहरुले महिला स्वरोजागर सम्बन्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने , गरीब र विपन्न महिलाहरुलाई सहकारीको माध्यमबाट आर्थिक सशक्तिकरण गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी ललितादेवी मण्डलले महिला स्वरोजागरका लागि सिलाईकटाई सम्बन्धि तालिम दिनुपर्ने माग गर्नुभयो । गाउँमा दलित, गरीब र विपन्न महिलाहरुलाई सशक्तिकरणका लागि सहकारी संस्था खोल्ने बतावरण मिलाई दिन र आर्थिक सशक्तिकरण गर्ने कार्यक्रम ल्याउनुपर्ने स्थानीय अनिता मण्डलले माग गर्नुभयो ।

महिलाहरुले गाउँमा मासिक ५० रुपियाँ बचत थालेको स्थानीय कविला खत्वेले बताउनुभयो । अर्का स्थानीय रामबती खत्वेले बाढी पीडितको राहत रकम अनियमितता गर्नेलाई कार्वाही गर्नुपर्नेमा  जोड दिएका दिनुभयो  । स्थानीय मञ्जुदेवी मेहताले विभिन्न वडामा मन्दिर र सामुदायिक भवन , बाटो निर्माण , सिलाईकटाई लगायतका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जयकृष्ण यादव, जनप्रतिनिधी विन्देशवर शाह, राधादेवी यादव, मान्तीदेवी राम, डिहिबार सामाजिक परिवारका मन्जु यादव, गीता उराँव, संगिता यादव, किरण यादव, भोवी खत्वे, मायावती खत्वे लगायतकाले बोलेका थिए ।

उता केन्द्रको सहयोग र माँ राजदेवी सामाजिक परिवारको आयोजानमा कोशी गाउँपालिका ४ श्रीपुरमा शुसाशन तथा जवाफदेहिता विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । समग्र विकास केन्द्र सुनसरीको सहयोग र माँ राजदेवी सामाजिक परिवारको आयोजनामा  श्रीपुरमा शुसाशन तथा जवाफदेहिता विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सरोकारबालाहरुले गाउँ तथा वडामा सबैको पहुचमा सबै कार्यक्रम र योजनाहरु हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम सामाजिक परिवारका अध्यक्ष राजकुमार मेहताको अध्यक्ष र कोशी ४ नम्बर वडा अध्यक्ष अमिन मियाँको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका विद्यानन्द यादव, सुमन मण्डल, वडा सचिव देवनारयाण लहुटिया, पत्रकार जयकृष्ण यादव, वडा सदस्य किफायत मियाँ , अवजल हुसेन , अमना खातुन, फेकनीदेवी खंग , ज्ञानु खतिवडा खातुन, इनरदेव खंग, पूर्णिदेवी शाह लगायतकाले शुसाशन र जवाफदेहिताका बारेमा बोलेका थिए ।  कार्यक्रममा सरोकारबालाहरुले वडाको विकासमा भएको प्रगतिको बारेमा प्रसंशा गरेका थिए । केहीले कार्यक्रमहरुमा स्वरोजगार हुने कार्यक्रम गर्नुपर्नेमा समेत जोड दिएका थिए । कार्यक्रममा समग्र विकास सेवा केन्द्र सुनसरीका कार्यक्रमका संयोजक अनन्त गिरीले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia