इनरुवा । अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा आगलागी भएको छ । इनरुवा २ राजमार्गमा विपरित दिशामा रहेका मोटरसाइकल र स्कुटी आपसमा ठोकिँदा दुई जना घाइते भएका छन् । नाम खुल्न नसकेको मोटरसाइकल र को ३४ प २८७९ नम्बरको स्कुटी आपसमा ठोकिएका थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धरान ५ का २७ वर्षिय अमन राई सहित स्कुटी चालक रामधुनी नगरपालिका ३ का टंक पाण्डे घाइते भएका छन् । उनिहरुको इनरुवा अस्पतालमा उपचार भैरहेको छ । ठक्कर पश्चात स्कुटी हुतिएको थियो भने मोटरसाइकल सडकमा घर्सिदा निस्केको आगोको झिल्काले टेंकीको पेट्रोल भेटेपछि जलेको थियो । इनरुवा नगरपालिकाको दमकलले आगलागी भएको मोटरसाइकलको आगो निभाएपनि मोटरसाइकल पूर्ण रुपमा क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।








