इनरुवा। बलात्कार विरुद्धको अभियान छेडेको अधिकारकर्मीहरुले सुनसरीको इनरुवामा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा १ घण्टा धर्ना दिएका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल सुनसरी सहित ओरेक नेपाल, आवाज नेपाल सहितका अधिकारवादी संघसंस्थाका प्रतिनिधीको उपस्थितीमा धर्ना दिइएको हो ।
कालो पट्टी बाँधेका अधिकारकर्मीहरुले बलात्कारको अन्त्य गरी सभ्य समाज निर्माण गर्न सरकार समक्ष माग गरेका थिए । धर्ना कार्यक्रममा महिला अधिकारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । उनिहरुले जिल्ला स्थित सरोकारवालाहरुलाई भेटी बलात्कार विरुद्दको अभियानका बारेमा जानकारी गराएका थिए ।









