इनरुवा /संविधान दिवसका अवसरमा सुनसरीको गढी गाउँपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको छ । गढी गाउँपालिकाले गढी थानमा बृहत सास्कृतिक कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको हो । कार्यक्रममा प्रदेश सांसद अगमलाल चौधरी सहित गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष राजकुमारी चौधरीकासाथै कार्यकारी अधिकृत फणिन्द्र गुरागाई लगायतको उपस्थिती रहेको थियो ।


गढीमा आयोजित कार्यक्रममा ठुलो संख्यामा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न जातजातिको नृत्य तथा झाँकी सहित खेलकुद लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसैगरी संविधान दिवस मूल समारोह समिति सुनसरीले सदरमुकाम इनरुवामा प्रभातफेरी, फलफूल वितरण, संविधान विषयक छलफल लगायतका कार्यक्रम आयोजना गरेको छ । जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष गोपालराज भण्डारीको संयोजकत्वमा गठित समितिले बिहान इनरुवामा दिवस मनाएको थियो भने दिउँसो कोशी गाउँपालिकामा जिल्लास्तरीय कार्यक्रम सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia