इनरुवा। मौलाना खुर्शिद आलमको गोली हानी हत्या भएको २४ घण्टा पछि परिवारले शव बुझेका छन् । परिवारले शव बुझेपछि आलमको शव पोष्टमार्टमको लागी धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिए ।

आलमलाई सरकारले सहिद घोषणा गर्नुको साथै क्षतिपुर्ती स्वरुप १० लाख दिने सहमती भएपछि परिवारले शव बुझेका हुन । जारी मन्त्री परिषदको बैठकले यस्तो निर्णय गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेतीले बताए ।

यता प्रहरीले भने घटनाको अनुसन्धान शुरु गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरका एसएसपीको नेतृतवमा ५ सदस्य छानबिन समितिले शनिबारदेखि काम शुरु गर्ने बताइएको छ । छानबिनको लागी केन्द्रिय अनुसन्धान ब्यूरोको टोली समेत सुनसरी आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia