- दिलिप कुमार साह

राजविराज । गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको विकासको लागि प्रदेश र केन्द्र सरकार दुईटै तहको जिम्मेवारी उत्तिकै आवश्यक रहेको गजना सिंह औद्योगिक क्षेत्रका प्रमुख दिपक आचार्यले बताए । औद्योगिक क्षेत्रको विकासको सन्दर्भमा बहस मात्र भए । सरकारको लगानी कार्यान्वयनात्मक पक्ष उदासिनता पूर्ण बन्दै गएको नियतले देशको अन्य औद्योगिक करिडोरको विकास भए पनि यसको विकास हुन नसकेको प्रमुख आचार्यको भनाइ रहेको छ ।

यो क्षेत्रलाई बर्षाैदेखि स्थानीयहरुले राजनैतिक भागबण्डा, चरण क्षेत्र जस्ता उपेक्षित स्थलको रुपमा प्रयोग गरिँदै आएको छ । नागरिकहरुको उद्योग आर्थिक उपार्जन लगानी मैत्री तथा रोजगारमुखी समाजप्रतिको जनचेतना र उत्तरदायित्व अपनत्व निर्वाह गर्न नसक्नु लगायतका थुप्रै कारणहरुले गर्दा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको समयानुकुल विकास हुन नसकेको तर्क प्रमुख आचार्यको रहेको छ ।

प्रमुख आचार्यले आफु आएको छ महिनाको अवधिमा औद्योगिक क्षेत्रको विकासको सन्दर्भमा चौतर्फी अध्ययन, अनुसन्धान निरिक्षणका लागि सरकारका दुईटै तहका जम्मा ६ जना मन्त्री तथा सचवि स्तरीय टोलीहरु अवलोकन गरेर गएको जानकारी गराए । दुई साता अघि मात्रै बर्तमान सरकारको उद्योग मन्त्री मातृका यादव लगायतका टोली र प्रदेशका भौतिक विकास मन्त्री जितेन्द्र सोनल लगायतका टोली अध्ययन, निरिक्षण अवलोकन र चाँडै विकासको आश्वासन समेत दिएर गएको उनले बताए ।

त्यसयता प्रदेश सरकाबाट औद्योगिक क्षेत्रकोमा सेडहरु निर्माणका लागि रु.५० लाख बजेट समेत विनियोजन गरिसकिएको प्रमुख आचार्यले जानकारी गराए । त्यसैगरी संघीय मन्त्रालयको निर्देशन अनुसार बाउण्ड्री वालका लागि १८ लाख जतिको ईस्टिमेट हामीले पठाईसकेका छौ र अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक कागजात सहित माग पत्रहरु मन्त्रालय पठाउने योजना सहित कामहरु गरिरहेको प्रमुख आचार्यको भनाई रहेको छ ।

औद्योगिक क्षेत्र भित्र रहेका १० वटा सेडहरु मध्ये न्यू मिलन डेरी एण्ड फुड्स ईन्डस्ट्रिज प्रा.लि., महालक्ष्मी पेय ईन्डष्ट्रिज प्रा.लि., कोशी पोलिमर्श ईन्डष्ट्रिज पूर्ण संचालनमा छन भन्ने २ वटा साता भित्रै संचालनमा आइसक्ने प्रमुख आचार्यले बताए । यसमध्ये ५ वटा विभिन्न उद्योगका लागि वर्षाैदेखि सम्झौता गरिएका महालक्ष्मी खाद्य उद्योग, एस एण्ड को–इलेक्ट्रोडस लगायतका उद्योगले बर्षैदेखि उद्योगै संचालन नगरी सम्झौता अनरुपको सरकारको भाडा समेत नतिरी ताल्चा लगाएर बसेकाहरुको मेसिन, उद्योगका अन्य सामग्री जफत गरी लिलाम गर्ने प्रक्रियामा कारबाही अघि बढाइएको गजेन्द्र नारायण सिंह उद्योगिक क्षेत्र व्यवस्थापन समितिले जानकारी गराएको छ ।

सप्तरी सदरमुकाम राजविराज देखि चार किलोमिटर उत्तर पश्चिममा रहेको औद्योगिक क्षेत्रको झण्डै अढाई दशक हुन लाग्दा प्रगति भन्दा धरासायी अवस्थामा आईसकेको छ । राजविराज औद्योगिक क्षेत्र २०५१ सालमा भारत सरकारद्वारा स्थापना भई २०५४ सालमा लगभग ३ सय जति उद्योग संचालन गर्ने क्षमता रहेको उक्त औद्योगिक क्षेत्र नेपाल सरकारलाई संचालनको लागि हस्तान्तरण गरिएको पूरानो उद्योगिक करिडोरहरु मध्ये एक हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia