जिल्ला प्रहरी कार्यालय सुनसरीलाई इनरुवा नगरपालिकाको कार्यालयले विपद्का समयमा प्रयोजनमा आउने उद्धार लगायतका सामाग्री उपलब्ध गराएको छ ।

नगर प्रमुख राजन मेहताले जिप्रका सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

ल्यापटप, कमप्युटर सहित विपद्का समयमा प्रयोग गरिने लाइफ ज्याकेट, हेलमेट, कुटो, कोदालो सहितका सामान प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा औपचारिक कार्यक्रमकाबिच नगर प्रमुख मेहताले सो सामाग्री हस्तान्तरण गरे ।

सुनसरी जिल्लामा वर्षेनीजसो बाढीसँगै, हावाहुरी, आगलागी जस्ता विपद्ले धनजनको क्षति पु¥याउदै आएको छ ।

सम्भावित जोखिम र आइपर्न सक्ने विपद्को पूर्वतयारी स्वरुप क्षति न्यूनिकरणमा सहयोगी सिद्द हुने सामाग्री प्रहरीलाई उपलब्ध गराइएको नगर प्रमुख मेहताले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia