इनरुवा । विदेशबाट सुन तस्करी हुदै आएको चर्चा र घटनाका बिचमा सुनसरीको सदरमुकामबाट ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीले सुचनाका आधारमा इनरवा ३ स्थित पुर्व पश्चिम राजमार्गमा सुरक्षा जाँच गर्ने क्रममा भारतिय नागरिकले लुकाई छिपाई ल्याएको चाँदीको गहना नगद बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतिय नागरिक विश्वनाथ जानाको साथबाट ८ किलो चाँदीका विभिन्न प्रकारका गहना भारतिय नोट ४ हजार २ सय २० रुपैयाँ र नेपाली नोट ५ हजार ४ सय ४० रुपैयाँ बरामद भएको बताए ।
सखुवागाछीगाछी चौकमा विरगञ्जबाट पुर्वी सिमानाका काकडभिट्टा जाने मातृभाग्यरेखा नाम गरेको यात्रुवाहक बसमा चढेका विश्वनाथले साथमा ठुलो परिणामको चाँदी बरामद गरिएकाले कानुनी कारवाहीका लागी प्रहरीले अवैध रुपमा चोरी तस्करी गरि ल्याएको चाँदी ठुलो परिणाममा फेला पारे पछि सुनसरीलाई ट्रान्जीटका रुपमा प्रयोग गरि गरगहनाको तस्करी हुने गरेका सुरक्षा जाँचमा कडाई गरेको जनाएको छ ।








