- मिकाइल आलम

इनरुवा । इनरुवा जेसिजले सप्ताह २०१८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समाजिक सद्भावका लागि जितियाको अवसरमा सरोकारवाला बीचमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको इनरुवा जेसिजका अध्यक्ष कुन्दन मेहताले बताएका छन् ।

बिहिवार सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा सम्मान कार्यक्रममा तीन जना युवाहरुले सम्मान समेत गरेको अध्यक्ष मेहताले बताए । जेसिज सप्ताह अन्तर्गत इनरुवा जेसिजले लागू पदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम,सुपाने झुल वितरण,शैक्षिक सामाग्री वितरण,वृक्षारोपण,ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम,स्लो बाईक रेस लगायत कार्यक्रमहरु मनाएको छ ।

इनरुवा जेसिजको जेसिज सप्ताह २०१८ को समापनको अवसरमा सम्मानित हुने युवाहरुमा अमरेन्द्र मेहता,जयनारायण यादव र मुन्ना गुप्ता रहेका छन् । जेसिज सप्ताह समापन तथा जितियाको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल जेसिज २०१८ का उपाध्यक्ष अमिष ढकाल,इनरुवा नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष रामचन्द्र पौदार,इनरुवा जेसिजका पूर्व अध्यक्ष पुरुषोत्तम घिमिरे,विरेन्द्र साह लगायत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रम इनरुवा जेसिजका अध्यक्ष कुन्दन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia