इनरुवा । अज्ञात समूहले असोज ४ गते गोलि हानी हत्या गरिएका खुर्शीद आलमको परिवारले सरकारले निर्णय गरेअनुसार १० लाख रुपैयाँ पाएको छ । आइतबार खुर्शीदको परिवारलाई भेट्न हरिनगर गाउँपालीका स्थित भुटाहा आएका गृहमन्त्री रामबहादुर थापाले खुर्शीदकी श्रीमती खोदिजा बेगमलाई १० लाख रुपैयाँ बराबरको चेक प्रदान गरेका हुन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर १ का सबै मन्त्री तथा सशस्त्र प्रहरी र जनपद प्रहरीका आइजीपी सहित भुटाहा आएका गृहमन्त्री थापाले खुर्शिद घटनाको बारेमा छानबिन भइरहेको र चाँडै नै हत्यारालाई पक्राउ गरी कानुनअनुसार कारवाही गर्ने बताए । सहिद खुर्शिदको श्रद्धाञ्जली सभामा चेक प्रदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री थापाले सरकार मुस्लिम समुदायको सुरक्षाको सवालमा गम्भीर भएको बताएका छन् ।

हत्या गरिएका खुर्शीदलाई सरकारले शहीद प्रमाणित गरेको पत्र पनि सो अवसरमा गृहमन्त्री थापाले खुर्शीदको परिवारलाई प्रदान गरेको थियो। चलानी नम्बर ६६९ को सो पत्रमा मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयअनुसार शहीद घोषणा गरिएको उल्लेख छ । पत्रमा गृह मन्त्रालयका शाखा अधिकृत रामप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । यता गृहमन्त्री थापा आफैं घर पुगेर सरकारले घोषणा गरेअनुसार १० लाखको चेक हस्तान्तरण गर्दै हत्यारालाई चाडैं कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेपछि न्याय पाउनेमा खुर्शिद परिवार ढुक्क भएको पाइएको नेकपाका नेता तथा पूर्व राज्यमन्त्री जाकिर हुसेनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia