- दिपेन्द्र यादव

इनरुवा । लामो समय देखी अन्धकारमय जिवन बिताउदै आएका भोक्राहा नरसिंह वडा नं. ८ का बासिन्दाहरु सोमबारबाट उज्यालोमय जिवन बिताउन थालेका छन । भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ का स्थानियबासीहरु विगत दुई दश्क देखी अन्धयाँरोमा जिवन बिताईरहेपनि अहिले भोक्राहा नरसिंह ८ का वडाध्यक्ष हात्तिम अंसारीको पहलमा घर घरमा विजुली बत्ती पुगेको छ ।

घर घरमा बत्ती पुगेपछि भोक्राहा नरसिंह वडा नं. ८ का ७ सय घर परिवार खुसी भएका छन । सोमबार ८ नं. वडा कार्यालयले एक दिने कार्यक्रमको आयोजना गरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले ट्रान्सफर्मरमा लाईन दिई उद्घाटन गरेका हुन ।

सो वडामा १ हजारको संख्यामा घरधुरी रहेपनि हालसम्म ७० जनाको घरमा मात्र मिटर जडान गरिएको छ । पहिला स्थानियहरुले मिटर जडान गरिएपनि भोल्टेज कम भएका कारणले मोवाइल, टर्च लाईट बाल्न मात्र पुग्ने गरेको स्थानिय लुकमान अंसारीले बताए । स्थानिय अंसारीका अनुसार विगत तिन वर्ष अगाडी ४० जना र गत वर्ष मात्रै ७० जनाले आफ्नो घरमा मिटर जडान गर्नका लागि विद्युत प्राधिकरण इनरुवामा निवेदन सहित सेवा शुल्क वापत १२ सय ९० रुपैँया र १४ सय रुपैँया बुझाएपनि अहिले उनीहरुको घरमा मिटर जडान भएको छैन ।

मिटर जडान गर्न तथा अहिले डिजिटल मिटरका लागि लागु भएको शुल्क २४ सय ४३ रुपैँया तिर्नु पर्ने विद्युत प्राधिकरण इनरुवा शाखाका प्रमुख संजिव शाहले बताए ।

त्यसैगरी यता भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. ८ का वडाध्यक्ष अंसारीले विद्युत प्राधिकरण इनरुवा शाखाको सहकार्यमा शनिबार, आईतबार र सोमबार गरी तिन दिने मिटर जडान शिविर संचालन गर्ने भएको छ । सो शिविरमा आएका सबै सेवाग्राहीहरुको काम एकै दिनमा गर्ने वडाध्यक्ष अंसारीले बताए । मिटर जडानका लागि वडाको सिफरिस, मिटर जडानको लागि शुल्क तिरेको रसिद वडामा नै काट्ने वातावरण मिलाई वडामा शिविरको आयोजना पहिलो पल्ट गर्न लागेको बताए । अहिले वडा नं. ८ मा १०० के बी क्षमताको ट्रान्सर्फमर २ वटा र ३० वटा नयाँ विद्युत पोल र अरु थप पुरानो पोलमा नै विद्युत लाइन प्रसारण गर्न अल्मुनियम तार जोडी विद्युत लाइन प्रवाह गरेको अध्यक्ष अंसारीले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia