- मिकाइल आलम

इनरुवा। हरिनगर गाउँपालीका वडा नं. २ का स्थानीयहरुले कर्मचारीको मनोमानीका कारण सेवा नपाएको गुनासो गरेका छन् । पसल दर्ता गराउन वडा  कार्यालयबाट सिफारिशको लागि १५ दिन धाउँदा समेत वडा  सचीव कार्यालयमा नबस्दा आफूले सेवा नपाएको स्थानीय कृपान्नद गुप्ताले गुनासो गरेका छन् ।

वडा नं. २ का सचीव लीलानाथ कोइराला कार्यालय समयमा कार्यालय नआउने गरेकोले आफू सेवा बाट वन्चित हुनुपरेको गुनासो पटक पटक वडा अध्यक्ष युनुस मियालाई राखेपनि कुनै फाईदा नभएको गुप्ताले बताए ।

हरिनगर गाउँपालिका २ का वडा सचीवको मनोमानी तरिकाले महिनामा २० दिन घरमा र १० दिन मात्रै कार्यालयमा बस्ने गरेको गुप्ताको गुनासो रहेको छ ।

पछिल्लो १५ दिनयता दिनहुँजसो आफू वडा कार्यालय धाउँदा समेत आजभोलि गर्दै हैरान भैसकेको बताए । गाउँमै स्थानीय सरकार आएपछि छिटोछरितो सेवा पाउने आशा गरेका गुप्ता जस्ता सेवाग्राहीले सेवा लिन दिनहुँ धाउँनु पर्ने अवस्था यथावत रहेको स्थानीय बताउँछन् । यता वडा अध्यक्ष युनुस मियाले भने वडा सचीव नियमित कार्यालय समयमै कार्यालय आउने गरेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia