इनरुवा । सुनसरीको कोशी गाउँपालीका वडा नं. ८ भाण्टावारीबाट नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ परेका छन् । बुधबार दिउँसो चेकजाँचको क्रममा बिओपी हरिपुरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्व टोलिले नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना सहित हजारौं रकमको मदिरा नियन्त्रणमा लिएको हो ।

को १ च ५०४ नम्बरको बोलेरोमा राजश्व छली गरेर पूर्व बाट पश्चिम तर्फ जादै गरेको अवस्थामा रामधुनी नगरपालिका ५ झुम्का बस्ने काशीराम चौधरी र अनिलकुमार चौधरीलाई नियन्त्रण लिएको सशस्त्र प्रहरी बल हरिपुरका इन्चार्ज भण्डारीले बताए । राजश्व छली गरेको गाडीमा उमंग,गोर्खा बियर,रुसलान भोटका सहित १५ प्रकारको मदिरा नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको भण्डारीले बताए । चाडपर्व नजिकिदै जादा सिमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia