- जयकृष्ण यादव

इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्रका सरोकारबालाहरुसंग जिल्ला न्यायधिसले अन्तरकृया गरेका छन् । हरिनगर गाउँपालिकामा जनतासंग अदालत कार्यक्रम गरि अदालतले न्याय सम्पादन गर्ने तरिका र नयाँ कानुनको बारेमा सरोकारबालाहरुलाई जानकारी गराएको छ ।
गाउँपालिकाका अध्यक्ष गफार अंसारीको अध्यक्षता र सुनसरी जिल्ला अदालतका प्रमुख न्यायधिस पुरुषोतम प्रसाद ढकालको प्रमुख आथित्यमा जनतासंग अदालत कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा न्यायिक समितिको काम र कार्यक्षेत्र भित्र पर्ने मुद्धा भएको वा नभएको तथा उजुरी प्रशासक राखेर कसरी काम गर्ने लगायतका विषयमा जानकारी दिएको सेल्र्डका जिल्ला संयोजक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । समुदायमा अदालत कार्यक्रममा स्थानीय सरकारको न्यायिक समिति , प्रहरी प्रशासन र अदालत लगायतका न्याय सम्पादन गर्ने निकायहरुले गर्ने काम , कार्वाही र नयाँ कानुनको बारेमा न्यायीक समिति , मेलमिलापकर्ता र जनप्रतिनितिधिहरु सहित सरोकारबालाहरुलाई प्रशिक्षण दिएको बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला न्यायधिस धर्मराज पौडेलले १६५ वर्षदेखिको पुराना कानुन खारेज गरि नयाँ कानुन आएको अन्तर विषयवस्तुको बारेमा जानकारी दिदै प्रशिक्षण दिनुभएको थियो । वहाँले सार्वजनिक र सामूहिक हितको पक्षमा न्याय सम्पान गर्ने भएकाले समुदायसंग अदालत कार्यक्रम प्रभावकारी हुने भएकाले गाउँगाउँमा कार्यक्रम गरेको बताउनुभयो ।

पौडेलले न्यायको सर्वव्यापि सिद्धान्तका बारेमा सरोबारबालाहरुलाई न्यायका लागि कानुन लघंन भएको बेला जाने भएको र कानुनको अज्ञानता कसैलाई क्षम्य नहुने , न्याय सबैका लागि समान हुने सिद्धात रहेको बताउनुभयो ।  कार्यक्रममा हरिनगरका उपाध्यक्ष रिमझिम भगत, १ नम्बर वडा अध्यक्ष मो. लतिफ अांसरी , २ का वडा अध्यक्ष इनुस अंसारी, ३ का वडा अध्यक्ष अरविन्द मेहता, ४ का वडा अध्यक्ष सुदिलाल मेहता, ५ का वडा अध्यक्ष सबिब मियाँ , ६ का वडा अध्यक्ष इसराइल अांसरी , ७ का वडा अध्यक्ष नसिर खाँ , मेलमिलापकर्ताहरु सुनिता मेहता, नेपाल प्रहरी गणेश यादव , न्यायीक समिति सदस्य दाउद अंसारी, राजेश कुमार पाल, स्वास्थ्यकर्मी माधवलाल देव लगायतको उपस्थिती रहेको थियो ।
२, सुनसरीको हरिनगर गाउँपालिकामा न्याय र समुदायमा अदालत कार्यक्रममा जिल्ला न्यायधिस पुरुषोतम ढकाल , धर्मराज पौडेल र गाउँपालिका अध्यक्ष गफार अंसारी सहितका सरोकारबालाहरु ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia