इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका जनप्रतिनिधिहरुले सडक र बाटोको विस्तार गर्ने क्रममा केही ठाउँमा अदालतमा पक्षहरु गएको र त्यसबाट अन्तमि आदेश जारी भएकाले विकासको काममा बाधा सृजना भएको गुनासो गरेका छन् । देवानगञ्ज गाउँपालिकाका सरोकारबालाहरुसंग सेलर्ड सुनसरी र सुनसरी जिल्ला न्यायधिसहरुले गरेको अन्तरकृया कार्यक्रममा जनप्रतिनिधिहरुले त्यसतो गुनासो गरेका छन् ।
विभिन्न वडाहरुमा भएको सडक र बाटो फराकिलो गर्ने तथा अधिक्रमण हटाउने क्रममा पक्षहरु अदालत जाने भएकाले गाउँपालिकाको विकास निर्माणको काममा समस्या वा बाधा खडा भएको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले बताउनुभयो । मेहताले गाउँमै गरेको समुदाय तथा जनतासंग अदालत कार्यक्रममा विगतका आवश्यकता कम तर सडक फराकिलो भएको अवस्थामा अतिक्रमण भएको बाटोमा अहिले नक्सा अनुसारको काम गर्न खोज्दाँ समेत समस्या भएको गुनासो सुनाउनुभयो ।
कार्यक्रममा देवानगञ्ज १ का वडा अध्यक्ष सूर्यनारायण पालले आत्महत्याको घटनामा पविारका सदस्यहरु अनुसंधानमा तानिने भएकाले अन्याय हुने भएकाले कानुनको आलोचना गर्नुभयो । पालले केही ठाउँमा आत्महत्याको घटनाले नयाँ कानुन अनुसार समेत समस्या हुने भएकाले त्यसमा सुधारको खाचो औल्याउनुभयो । कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष चन्देश्वर मेहताले समेत बाटो विस्तारको क्रममा अदालतको अन्तरिम आदेशले केही समस्या भएको गुनासो गर्नुभयो ।
त्यसैगरी ५ नम्बर वडा अध्यक्ष असोक यादवले नागरिकमा अझै पनि अदालतले न्याय सम्पादन गर्ने तरिका र नयाँ कानुनको बारेमा जानकारी नभएकाले समस्या तथा अन्यौल्ता भएको बताउनुभयो । वहाँले न्याय सम्पादन र कानुनको सफल कार्यान्वयनमा सरोकारबालाहरुको भुमिका आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष देवनारायण मेहता र ७ नम्बर वडा अध्यक्ष बद्री प्रसाद यादवले समेत न्याय र नयाँ कानुनका बारेमा न्यायधिसबाटै जानकारी पाएको र आफ्नो काममा सहज भएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताको अध्यक्षता र सुनसरी जिल्ला अदालतका प्रमुख न्यायधिस पुरुषोतम प्रसाद ढकालको प्रमुख आथित्यमा जनतासंग अदालत कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा न्यायीक समितिका संयोजक तथा उपाध्यक्ष पुनीतादेवी यादव,सदस्य रेनु कुमारी दास , रुदनारायण मेहता, सेलर्डका जिल्ला संयोजक विरेन्द्र बहादुर बस्नेत, अधिवक्ता बलेन्द्र मेहता, खड्ग नारायण उराँव, मेलमिलापकर्ता रामेश्वर मेहता, विशेक्वर मेहता, पूर्व उपाध्यक्ष देवनारायण यादव, प्रहरी नागेश्वर थन्दार लगायतका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा न्यायधिस द्धोय पुरुषोतम प्रसाद ढकाल र धर्मराज पौडेलले प्रशिक्षण दिनुयभो । कार्यक्रममा वहाँहरुले न्यायमा सहज पहुचका लागि अदालतले वैतनीक वकीलको व्यवस्था गरेको बताउनुभयो । वहाँहरुले अतालत जनताको घरघरमा , मिट द जर्ज, मिट द प्रेस र समुदायमा न्याधिस तथा जनतासंग अदालत कार्यक्रम मार्फत जनतालाई अदालतको बारेमा जानकारी दिने, अदालत प्रतिको धारणा तथा गुनासो समेत जान्नका लागि कार्यक्रम गरेको बताउनुभयो ।








