भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारी स्थित हनुमान मन्दिरबाट नेपाल प्रहरीले चोरीको मोटरसाइकल सहित एकजना लाई पक्राउ गरेको छ ।
आइतबार साझ सीमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार नेतृत्वको प्रहरी टोलिले चेकजाँचको क्रममा चोरीको मोटरसाइकल सहित एकजना लाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा स.७ प.२५९२ नम्बरको निलो सेतो रङ्गको १ सय ५० सिसिको यहमा कम्पनीको एक जेड चोरीको मोटरसाइकल सहित ओखलढुंगा सिधिचरण नगरपालिका ७ ज्यामिरे बस्ने वर्ष ३१ का बालकुमार श्रेष्ठलाई पक्राउ गरेको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ ।
चेकजाँचमा श्रेष्ठ संग मोटरसाइकलको कुनै कागजात नभएको र यातायात कार्यालय लहानसंग सम्पर्क गर्दा गाडी चोरी भएको पाईकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको प्रहरी नायब निरीक्षक सोनारले बताए ।








