इनरुवा । हालै गठित यादव गोपाल सेवा समन्वय समितिले दशैँ, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना अदान प्रदान तथा जन निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम गर्ने भएको छ ।
समितिको बैठकले असोज २८ गते आईतबार नेपाल निर्माण व्याव्साय संघ सुनसरीको पहलमा सो कार्यक्रम गर्ने निर्णय गरेको सदस्य सचिव जयकृष्ण यादवले जानकारी दिए । बैठकले स्थानिय, प्रदेश र संघमा यादव समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा शुभकामना अदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न समितिहरु निर्माण गरिएको हो ।कार्यक्रममा प्रदेश १ का वन वतावरण उद्योग तथा प्रर्यटन मन्त्री जगदीश कुसियैत, प्रतिनिधिसभा सदस्य प्रमिला यादव, गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादव, देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुनिता देवी यादव लगायतकालाई सम्मान गर्ने भएको छ ।
त्यसैगरी कोशी गाउँपालिका २ नं. वडाध्यक्ष हिरालाल यादव, ६ नं. वडाध्यक्ष इन्द्रदेव यादव, ८ नं. वडाध्यक्ष विन्देश्वर यादव, भोक्राहा नरसिंह गाउँपालिका ३ नं. वडाध्यक्ष सुकदेव यादव, ७ नं. वडाध्यक्ष रामचन्द्र यादव, बर्जु २ का वडाध्यक्ष आन्नद यादव, देवानगञ्ज गाउँपालिका ५ नं. वडाका वडाध्यक्ष अशोक यादव, ७ नं. वडाध्यक्ष बद्री प्रसाद यादव, इनरुवा २ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादव तथा जिल्लाका यादव वडासदस्यहरुलाई समेतलाई सम्मान गर्ने संयोजक भुवनेश्वर यादवले जानकारी दिए ।
बैठकमा सहसंयोजक श्याम खेडबार, सचिव जयकृष्ण यादव, सह सचिव प्रमोद यादव र काष्ोध्यक्षमा जितु खरेबार चयन भएका छन् । त्यसैगरी तयारी समितिका सदस्यहरुमा रामदवे यादव, ओमप्रकाश यादव, बद्धुनारायण यादव, दवेकष्ृण यादव, अजय कुशियैत, रमेश यादव, सुकदेव यादव, मनोज यादव, चनुचनु यादव, हलेश्वर यादव, ब्रहमदेव यादव र सतंोष यादव चयन भएका छन् । यता तयारी समन्वय समिति गठन गरिएलगतै दशैको अवसरमा शभुकामना अदानपद्रान कार्यक्रम गर्ने निणर्य गरको जनाएको छ । समितिले बडादशँै, शभु दिपावली तथा छठ पर्वको अवसरमा यादव समुदाय बीच शभुकामना अदान प्रदान गर्ने गरी पञ्चमीका दिन कार्यक्रम राखको जनाएको छ ।









