इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका २ स्थित उराँव बस्तीबाट तस्करीको अवैध कपडा सहित दुईवटा मोटरसाइकल बरामद गरेको छ ।बिओपी श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक निरन थापा नेतृत्वको टोलिले भारत बाट लुकाई छिपाइ ल्याएको लेडिज कपडा सहित दुईवटा मोटरसाइकल बरामद गरेको हो ।
चाडपर्वको समयमा चोरी तस्कर घटना हुन नदिन तथा शान्ति सुरक्षा मजबुत बनाउन खासगरी सिमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले निगरानी बढाएको जनाएको छ । सोही क्रममा भन्सार छलेर ल्याएको अवैध कपडा र मोटरसाइकल बरामद गरी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको बिओपी श्रीपुरका इन्चार्ज निरन थापाले बताए । लेडिज र दुईवटा मोटरसाइकलको जम्मा ३ लाख मुल्यांकन गरेर थप कार्वाहीको लागि भन्सार बुझाएको उनले बताए ।









