- मदन अधिकारी

प्रकाशपुर। बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र १० मा दशै तिहार लक्षित नया सुरक्षा योजना तयार गरिएको छ । आइतबार प्रकाशपुर प्रहरी चौकि प्रमुख खड्ग बहादुर श्रेष्ठको नेतृत्वमा बसेको बैठकमा ९ र १० बडा अध्यक्ष वडा सदस्यहरु विभिन्न राजनैतिक दलका प्रतिनिधि समाजसेवि , पत्रकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त बैठकमा दशै तिहार लक्षित रणनिति प्रहरी चौकि प्रमुख स्रेष्ठले गर्नु भएको थियो ।

रणनीति अनुसार जुवा तास ढाइसलाइ पुर्ण बन्देज गर्ने बारुद जन्य खेलाउना किन बेचमा पुर्ण रोक लगाउने नीति अगाडि सार्नु भएको थियो । साथै रात ८ :३० देखि मदिरा जन्य बस्तु बिक्री बितरणमा समेत रोक लागाइएको छ ।

यसै क्रममा उपस्थित व्यक्तिहरले यदि कसैले नराम्रो काम गरेमा वा समाजलाई अपाच्य कृयाकलाप गरेमा कडा कार्बाहि गर्न माग गर्नुका साथै त्यस्ता दोसिहरुलाइ कसैले छोड्न भनि दवाब समेत नदिने प्रतिबद्धता गरेका छन् । यता यसै अवसरमा प्रकाशपुर प्रहरीले घरेलु २ सय लिटर मदिरा समेत नस्ट गरेको छ ।

साथै प्रहरी इन्चार्ज श्रेष्ठले दशै तिहार तथा छट पर्वमा भिडभाडमा गर गहना लगाएर नहिड्न र संकास्पद ब्यक्तिहरु लागेमा प्रहरीलाइ तुरुन्त सम्पर्क समेत आग्रह गरेका छन् । लुटपाट तथा चोरिको घटना निर्मुल बनाउन प्रहरी रात दिन खटि रहेपनि स्थानियले यस विषयमा समेत साथ दिनुपर्ने धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia