इनरुवा नगरपालिकाका मेयर राजन मेहताको हर्कतबाट आक्रान्त भएको भन्दै इनरुवाका असन्तुष्ट समूहको नेतृत्व गर्दै दिनेश कुमार लम्सालले शान्ति सुरक्षाको माग सहित निवेदन दिएको छ ।बिकास निर्माण लगायत मेयरको मनोमानीको विषयमा असन्तुष्टि जनाएका लम्सालले असन्तुष्ट पक्षसँगको छलफल पश्चात निवेदन दिएको जनाएका छन् ।
लम्सालले मेयर विरुद्ध आन्दोलनको तयारी थालिएकाले समेत आफुमा सुरक्षा थ्रेट बढेको बताए ।
बाटोको मापदण्ड र मेयरको मनोमानी प्रवृति पश्चात सीर्जित अवस्थाका कारण उतपन्न हुन सक्ने अवस्थालाई आधार देखाउँदै लम्सालले आफु र आफ्नो परिवारको सुरक्षा थ्रेट भएको भन्दै शान्ति सुरक्षाको माग सहितको निवेदन पेश गर्नु परेको बताए । उनले आफ्नो अभियान इनरुवाका असन्तुष्ट पक्षको नेतृत्वदायी भूमिकामा रहेको समेत स्पष्ट पारे ।
लम्सालले आफ्नो पक्षमा इनरुवाको ठूलो जमात रहेको बताउँदै मेयरको मनोमानी , अनियमितता र भष्टाचार सहित नगरपालिकाको समग्र कार्यशैली विषयमा सार्वजनिक सुनुवाई गरि संघर्ष समिति बनाउने जानकारी दिए ।
आफुहरुका मागबारे सम्बोधन नभए नगरपालिका हातामा आमरण अनसन समेत बस्ने लम्सालले बताए । जागरुक इनरुवाबासीका नामबाट लम्साल नेतृत्वको असन्तुष्ट भनिएका नगरबासीले शनिबार बिहान आठ बजे भगवति माबिमा भेला डाकेको छ । भेलाको निष्कर्श बमोजिम थप रणनीति बुनिने लम्सालले बताए ।
नगरबासीको असन्तुष्टि बढेको भन्ने प्रशंग र जिउज्यानको खतरा विषयमा परेको उजुरीको विषयमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफु र नगरपालिका विरुद्ध केही तत्व सुनियोजित रुपमा लागिपरेको प्रतिकृया दिएका छन् ।कानुन विपरित गएर आफुले कुनैपनि काम नगरेको बताउने मेहताले जनताबाट निर्वाचित प्रतिनिधी भएको हैसियतले नगरबासीको सवालमा आफुले कसैले काखा र पाखा नगरेको स्पष्ट पारे ।
योजनाहरु सञ्चालनकै क्रममा रहेकाले मापदण्ड विवाद र झमेला झिकेर बखेडा खडा गर्नुको तुक नहुने उनको भनाई छ । नगरपालिका भित्र सञ्चालनमा रहेका बिकासे योजनाहरु नगरको मुहार फेर्ने खालको भएको भन्दै बिकास देख्न नचाहने र व्यक्तिगत स्वार्थ लाद्ने समूह आफ्नो विरुद्ध लागिपरेपनि नगरबासीकै साथमा समुन्नत नगरको सपना साकार बनाउन लागिपर्ने मेहताले बताए ।








