इनरुवा। सुनसरीको कोशी गाउँपालिका-८ बस्ने बालेश्वर यादवको घरमा आगलागी हुँदा अन्दाजी २५ हजार बराबरको क्षति भएको छ । राती पौने १० बजे यादवको फुसको छानो भएको भान्सा घरमा चुल्लोबाट अचानक आगलागी भएको थियो । आगलागीबाट भान्सा घरमा भएको भाडा-वर्तन र अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia