
जिल्ला प्रहरी कार्यालय सुनसरीले १३ लाख मूल्य बराबरको पटकाजन्य बिष्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले इनरुवा, धरान र कोशी गाउँपालिकाबाट १३ लाख मूल्य बराबरको पटका बरामद गरेको हो । प्रहरीले धरानबाट २१ बोरा, इनरुवाबाट ४ बोरा र लौकहीबाट ४ बोरा बरामद गरिएको जनाएको छ । पटकासँगै धरानबाट प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका भारतका पाण्डव दास, अरबिन्द देव र दिलिप साहलाई प्रहरीले म्याद थप गरी कानुनी कार्वाही थालिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीले शुन्य सहनशिलता अनुरुपको सुरक्षा रणनीति अवलम्बन गरिएको र सोही बमोजिमको अभियानमा प्रहरी लागिपरेकाले सर्वसाधारणको विश्वास समेत बढ्दो अवस्थामा रहेको एसपी अधिकारीको भनाई छ । प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकहरुले भारतबाट पटका धरानमा भण्डारण गरी बिक्रि वितरण गर्ने गरेको खुल्न आएकोे छ । सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरी पटका सहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो ।









