नम्बर प्लेट बिना सडकमा गुडाइएका दुई दर्जन बढी विद्युतिय रिक्सा सिटी सफारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । इनरुवा बजार क्षेत्रमा नम्बर प्लेट बिनै कुदाइएका सिटी सहित चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीको हातामा राखिएको छ ।
ट्राफिक प्रहरी पोष्ट सखुवागाछीको टोलीले सिटी नियन्त्रणमा लिई कार्वाहीको प्रकृया अघि बढाएको हो ।

इनरुवाका ट्राफिक प्रहरी इन्चार्ज उत्तम भण्डारीले नम्बर प्लेटबिना गुडेका सफारीले दुर्घटना गरेको खण्डमा कानुनी कार्वाहीको प्रकृया अघि बढाउन समस्या हुनुकासाथै जोखिम समेत बढाउने भएकाले नियन्त्रणमा लिइएको बताए । अभियानलाई तिव्रता दिइने र नियन्त्रणमा लिएका सफारीको हकमा नम्बर प्लेट राखेपछि जरिवाना तिराएर सचेत गराई छाडिने ट्राफिक प्रहरी ओमप्रकाश यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia