इनरुवा । सशस्त्र प्रहरी बल लौकहीले भारतीय बजारबाट मोटरसाइकलमा ल्याउदै गरेको १ बोरा पटाका सहित भन्सार छलेर ल्याएको समान बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङ नेतृत्वको टोलिले शुक्रबार दिउँसो भन्सार छलेर ल्याएको अवैध समान नियन्त्रण लिई सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझाएको छ । सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार भारतीय बजारबाट भन्सार छलेर ल्याएको ८५ हजार ८ सय बराबरको विभिन्न समान सहित इन्डियन प्लेट नम्बर भएको मोटरसाइकल बरामद गरी आवश्यक कार्वाहीको लागि मुल भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।
बिहिवार सुनसरीको लौकही बाट सशस्त्र प्रहरीले टेक्टरमा लोड गरी बालुवा भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिई भन्सार बुझाएको थियो । ट्रयाक्टर सहित भन्सार छली ल्याएको विभिन्न ६ लाख ८८ हजार बढी मुल्य बराबरको समान भन्सार बुझाएको बिओपी लौकहीले जनाएको छ ।











