- अमर काफ्ले

इनरुवामा आज लगभग एकैजसो समयमा दुई भिन्न कार्यक्रम भएका छन् । विषय सन्दर्भ थोरै मात्र फरक देखिने ति कार्यक्रमको मूल मुद्दा भने मिल्दोजुल्दो देखिन्थ्यो ।
भगवती माविको प्राङगण र खेल मैदानमा आयोजित कार्यक्रमलाई दुई छुट्टै आयोजकले आ -आफ्नै तवरले सञ्चालन गरेका थिए ।
जागरुक इनरुवाबासी नाम दिइएको समूहले नगरभित्र अनियमितता र भ्रष्टाचार मौलाएको दावी गर्दै नगरप्रमुखको कायैशैलीप्रति आपत्ति जनाउँदै सचेत गराएको थियो । दिनेश लम्साल नेतृत्वमा जागरुक इनरुवाबासीका तर्फबाट आयोजित कार्यक्रममा गल्ती र कमिकमजोरी स्विकारेर हरहिसाब सार्वजनिकको माग गरिएको थियो ।
लम्सालले नगरवासीले महसुस हुनेगरी गल्ती सच्याएर काम कार्वाही अघि नबढेको अवस्था सम्म कसैको विश्वास गर्ने अवस्था नरहेको भन्दै संघर्ष समिति बनाएर थप रणनीति तय गर्ने सार्वजनिक कार्यक्रममा उद्घोष गरे ।
उता इनरुवा नगरपालिकाको तर्फबाट खेल मैदानमा  नगर बिकास र सडक बिस्तार लगायतको विषयमा साझा धारणा तय गर्न बोलाइएको भेलामा उपस्थितहरुबाट सुझाव सहित नगरपालिकाको धारणा सार्वजनिक गरिएको थियो ।
नगरप्रमुख मेहताले नगर बिकासको क्रममा भैआएका कामका बारेमा जानकारी गराउनुकासाथै आगामी योजनाका बारेमा प्रष्ट्याएका थिए । मेहताले काम गराईको दौरानमा गल्ती र कमिकमजोरी हुन सक्ने भन्दै गल्ती भएको भए सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मेहताले व्यक्तिगत स्वार्थसिद्धिकालागि गरिएको राजनीति असोभनिय हुने भन्दै नगर बिकास र नगरबासीको हितका सवालमा आफु सदैव कटिवद्ध रहेको दोहोर्याए । मेहता स्वयंले जागरुक इनरुवाबासीले आयोजना गरेको कार्यक्रममा पुगेर समेत आफ्नो धारणा राखेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia