केहिदिनयता बिकास निर्माण लगायतका विषयमा आलोचना खेपिरहेका इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफुमाथि लागेका सबै आरोप निराधार र कपोकल्पित भएको बताउनु भएको छ ।
आर्थिक पाटोमा मेयरको संलग्नता नरहने कानुनी व्यवस्था रहेको स्पष्ट पार्दै सबै निर्णय कार्यपालिकाबाटै पारित भई लागु हुनेहुँदा नगर बिकाससँग जोडेर आफुमाथि व्यक्तिगत लान्छना लगाइनु कुनै तुक नहुने मेहताको भनाई छ ।
कार्यकक्षमा पत्रकार भेटघाटको आयोजना गर्नुभएका नगर प्रमुख मेहताले नगरबासीको असन्तुष्टि सम्बोधन गर्न तत्पर रहेको बताउँदै कामकाजका दौरान कमिकमजोरी भएको भए सच्याउँदै अघि बढ्न तयार रहेको धारणा राखे ।


मेहताले नगरभित्र सञ्चालित राम्रा कामहरुको प्रचारप्रसार नहुँदा समग्र नगरपालिकाले अफवाहको सामना गर्नु परेको बताए । सूचना उपलब्ध गराउने सवालमा आफुहरुबाट कमिकमजोरी भएको स्विकार्दै मेहताले सत्यतथ्य समाचार बाहिर ल्याउन नसक्नु चुक भएको बताए । मेहताले नगरबासी समक्ष सूचना प्रवाह गरी सुसुचित गराउने कार्य नगरपालिकाको प्रमुख दायित्व रहने बताए ।

 

सोही क्रममा उपप्रमुख जमुना गौतम पोखरेलले मेयर र उपमेयरबिच कुनै तिक्तता नरहेको स्पष्ट पार्दै आफुहरु मिलेर नगर बिकासको सवालमा अघि बढ्ने भन्दै साथ र सहयोगकालागि संचारकर्मीहरु समक्ष आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia