भाण्टावारी । सुनसरीको भाण्टावारीमा बर्डफ्लु लागेको कुखुरा नष्ट गरिएको छ । सोमबार गाडीमा लैजादै गरेको अवस्था चेकजाँचको क्रममा बर्डफ्लु लागेको कुखुरा सिमा प्रहरी चौकी भाण्टावारीले नष्ट गरेको हो । बर्डफ्लु लागेको १६ वटा भाले कोशी गाउँपालीका वार्ड नम्बर ८ का अध्यक्ष विन्देश्वर यादव लगायतको रोहवरमा कुखुरा नष्ट गरेको सिमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ । सिमा प्रहरी चौकी भाण्टावारीले सोमबार नै भन्सार छलेर भारत बाट ल्याएको ४ वटा खसी समेत भन्सारमा बुझाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia